Home » Blog » युवा सशक्तीकरणका लागि वीरगञ्जमा ‘जेनजी पर्सा’ गठन

युवा सशक्तीकरणका लागि वीरगञ्जमा ‘जेनजी पर्सा’ गठन

Ankushdaily
0 comments 33 views
वीरगञ्ज ।
युवाहरूको सशक्त सहभागिता र सामाजिक सक्रियता बढाउने उद्देश्यका साथ वीरगञ्जमा ‘जेन जी पर्सा’ नामक समिति गठन गरिएको छ। मंगलबार आयोजित युवाहरूको भेलाले महादेव प्रसाद कुर्मीको संयोजकत्वमा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो। यस समितिको प्रमुख सल्लाहकारमा वीरेन्द्र कण्ठ रहेका छन्। करिब सय जना युवाहरूको उपस्थिति रहेको सो कार्यक्रमले स्थानीय स्तरमा युवा नेतृत्व विकासमा जोड दिने लक्ष्य राखेको छ।
कार्यक्रममा सहिद असाब आलमका भाइ मुराद आलम तथा गम्भीर घाइते भएका रियाजुल हक मियाँलाई सम्मान गरिएको थियो। जावेद इकबाल हैदरले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकारहरू सुशील पटेल, रन्दिप श्रीवास्तव, शेख जम्सेद र विजय पटेलको उपस्थिति थियो। त्यसैगरी, जेन जी अभियानमा जोडिएका विशाल पटेल, ज्ञानेन्द्र मण्डल, प्रतीक पटेल, शेख मुम्ताज लगायतका युवाहरूको पनि सक्रिय सहभागिता रहेको थियो। नवगठित समितिले आगामी दिनमा युवा केन्द्रित विभिन्न सामाजिक कार्यहरू अगाडि बढाउने जनाएको छ।

सम्बन्धित पोस्टहरू