बिरगंज, १४ माघ ।
बिरगंजका चर्चित गायक सद्दाम हुसेनको भोजपुरी म्यूजिक भिडियो ‘ब्याक पे अटैक’ सार्वजनिक भएको छ । द सदाम हुसैन प्रोडक्सनको ब्यानरमा बनेको म्यूजिक भिडियो आज द सदाम हुसैन नामक यूट्यूब च्यानलमा सार्वजनिक गरिएको हो ।
मधेस प्रदेशको आर्थिक राजधानी बिरगंजमै छ्याङ्कन भएको ब्याक पे अटैक गितको शब्द र सङ्गीत बलराम मिश्रको रहेको छ भने स्वर चर्चित गायक सदाम हुसेनको रहेको छ । यस म्यूजिक भिडियोमा अभिनय भने टिक टकका चर्चित कलाकार बिटु दास, सोमिया पोखरेल र प्रभात यादवको रहेको छ । ब्याक पे एटैक म्यूजिक भिडियो माघ १४ गते शुक्रवार दिउँसो १२ बजे सार्वजनिक गरिएको हो ।
मुलूकमा कोबिड महामारीका कारण कुनै कार्यक्रम नगरी भिडियो रिलिज गर्नु परेको प्रोडक्सन हाउसले जानकारी दिएको छ । चर्चित गायक सदाम हुसेनले ब्याक पे अटैक म्यूजिक भिडियोलाइ धेरै भन्दा धेरै लाइक, कमेन्ट र सेयर गरेर सहयोग गर्नु हुन अपिल समेत गरेका छन ।
म्यूजिक भिडियोका कलाकार बिटु दासको टिक टकमा एक लाख चार हजार फ्लोअर रहेको छ भने टिक टकमा अभिनय देखाएर माया बटुल्न सफल भएपछी अब भोजपुरी म्यूजिक भिडियो गरिएको कलाकार दासले जानकारी दिनुभयो ।
त्यसतै ब्याक पे अटैक नामक म्यूजिक भिडियोमा अभिनेत्रीको रूपमा रहेकी टिक टक स्टार सोमिया पोखरेलले टिक टकको माध्यमले मात्र नभइ अब भोजपुरी म्यूजिकको माध्यमले आफ्नो लोकप्रियता बढाउने प्रयास गरिएको बताइन् ।