Home » Blog » “हमर वाली अमरपाली” भोजपुरी म्यूजिक भिडियो रिलिज

“हमर वाली अमरपाली” भोजपुरी म्यूजिक भिडियो रिलिज

अंकुश दैनिक
0 comment 22 views

बिरगंज ।

होलीलाई लक्छीत गरि बिरगंजका चर्चित गायक प्रभात यादवको भोजपुरी म्यूजिक भिडियो “हमर वाली अमरपाली” गीत रिलिज भएको छ। म्युजिक स्टुडियो नामक यूट्यूब च्यानलबाट म्युजिक स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको म्यूजिक भिडियो रिलिज भएको हो। मधेस प्रदेशको आर्थिक राजधानी बिरगंजमै छ्याङ्कन भएको “हमर वाली अमरपाली” गितको शब्द बलराम मिश्रको रहेको छ, भने स्वर चर्चित गायक प्रभात यादवको रहेको छ। यस म्यूजिक भिडियोमा टिक टकका चर्चित कलाकार बिटु दास, जेनिशा क्विनको अभिनय रहेको छ। सङ्गीत गौरव रौशन को रहेको छ। बिरगंज छ्पकैयामा रहेका रिद्धि शिद्धि रेकर्डिङ स्टुडियोका मिक्स/मास्टर: छोटे लाल यादव रेकर्डिङ गरिएको हो। “हमर वाली अमरपाली” म्यूजिक भिडियो फागुन २५ गते बुधवार बेलुकी ५ बजे सार्वजनिक गरिएको हो।

चर्चित गायक प्रभात यादवले हमर वाली अमरपाली म्यूजिक भिडियो धेरै भन्दा धेरै लाइक, कमेन्ट र सेयर गरेर सहयोग गर्नु हुन अपिल गरेका छन। म्यूजिक भिडियोका कलाकार बिटु दासको टिक टकमा चौद लाख फ्लोअर रहेको छ भने टिक टकमा अभिनय देखाएर माया बटुल्न सफल भए पछी अब भोजपुरी म्यूजिक भिडियो गरिएको कलाकार दासले जानकारी दिए।

त्यसतै हमर वाली अमरपाली नामक म्यूजिक भिडियोमा अभिनेत्रीको रूपमा रहेकी टिक टक मा अभीनय देखाऊदै आए की जेनिशा क्विनले टिक टकको माध्यमले मात्र नभइ अब भोजपुरी म्यूजिकको माध्यमले आफ्नो लोकप्रियता बढाउने प्रयास गरिएको बताइन। उहाले अब अगामी दिनमा भोजपुरी म्यूजिक भिडियोको माध्यमले माया बटुल्न कोसिस गरिरहेको बताइन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.