Home » Blog » प्रधानमन्त्री प्रचण्डले राजनैतिक बेइमानी गरे – कांग्रेस

प्रधानमन्त्री प्रचण्डले राजनैतिक बेइमानी गरे – कांग्रेस

Ankushdaily
0 comment 24 views

काठमाडौं ।

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ। बिहीबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई विश्वासघात गरेको निष्कर्ष निकालेको हो।

कांग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले संविधानको रक्षा र व्यवस्थालाई सुदृढ गर्न गठबन्धन गरे पनि प्रचण्डले विश्वास घात गरेको बताए।

‘प्रचण्डले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो।’ उनले भने, ‘हामीले सहमतिहरू पालना गर्दै गयौँ । उहाँले अविश्वसनीय ढंगले गठबन्धन भत्काउनु भयो । गठबन्धन भत्काएर मुलुकलाई अनिश्चितता तर्फ लग्नुभयो। यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा लिएका छौं।’

प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्यौलतामा धकेलेको ठहर गर्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए।

‘प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएका छौं । यो विषय सम्मानीय सभामुखलाई जानकारी गराउँछौं,’ उनले भने । अब कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने लेखकले बताए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.