Home » Blog » प्रतिकुलतामा एकजुट हुन नेता कार्यकर्तालाई महामन्त्री पौडेलको अपिल

प्रतिकुलतामा एकजुट हुन नेता कार्यकर्तालाई महामन्त्री पौडेलको अपिल

Ankushdaily
0 comment 7 views
काठमाडौँ:
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले अहिलेको प्रतिकूलतामा छिन्नभिन्न भएर बिग्रन नहुने बताए।
देशका हरेक सङ्कटमा नेपाली कांग्रेस सँगै रहेर एकजुट रहेको भन्दै उनले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता पनि हासिल गरेको स्मरण गरेका छन्। अहिलेको प्रतिकूलतामा पनि छिन्नभिन्न भएर बिग्रनु हुन्न भन्दै उनले पार्टी महामन्त्री मात्र नभई इमानदार कार्यकर्ता भएर एकजुट हुन अपिल गरे।
‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’ उनले भने, ‘म पार्टी महामन्त्री मात्र नभई एक इमानदार कार्यकर्ता भएर भन्दै छु– हामी सबै एकजुट होऔँ!’ महामन्त्री पौडेलले नेपाली कांग्रेसका सबै नेता कार्यकर्तालाई एकतामा नै शक्ति रहेको बताए। ‘र, यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौँ,’ उनले भनेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.