282
वीरगन्ज ।
स्थानिय प्रहरी प्रशासनले वीरगन्ज महानगरपालिकाको मेयर राजेश मान सिंहलाई किर्ते नागरीकता प्रकरणमा मोलाहिजा गरेको आरोप लगाउँदै वीरगन्ज बजारमा दिनहुँ प्रदर्शन भइरहेको छ।
मशाल जुलुश, सीडीओ,एसपीको पुत्ला दहन र टायर बाल्दैं प्राय नारा जुलुशमा राजेश मान सिंहलाई कारवाही गर्न नारा लाग्दै आएको भएता पनि आन्दोलनकारीका अनुसार कागज मिलाएर चोख्याउने काममा स्थानीय प्रशासन लागेकोले झक झाकाई राख्न नारा जुलुस प्रर्दशन गरेको नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद शाहाबुदिनले बताए।
आज टायर बालेर प्रदर्शन गर्दाको अवस्थामा बरकत अली,महम्मद नौसाद,शेख रमजान र महम्मद अफताब जनालाई पर्सा प्रहरीले नियन्त्रमा लिएको बुझिएको छ।
प्रहरी प्रशासनले मेयर राजेशमान सिंह माथि कानुनी कारवाही अगाडी नबढाए आउने दिनमा अर्ध नग्न जुलुस गृहमंत्री र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने जस्ता विरोधका कार्यक्रम आयोजना हुने शाहाबुदिनले बताए।
भिडियो:- https://fb.watch/rgWQE2Vd0k/?mibextid=v7YzmG