Home » Blog » युद्धविरामपछि भारत–पाकिस्तानबीच पहिलो डीजिएमओ संवाद आज

युद्धविरामपछि भारत–पाकिस्तानबीच पहिलो डीजिएमओ संवाद आज

Ankushdaily
0 comment 16 views
काठमाडौँ ।
भारत र पाकिस्तानबीच जारी युद्धविराम हालसम्म कायम छ। दुवै देशले आफ्ना-आफ्ना सैन्य अपरेशन सुरु गरेसँगै अमेरिकाको पहलमा संघर्ष रोकिएको हो।
आक्रमण बढी भएका भनिएका क्षेत्रहरू राजस्थान, पञ्जाब र जम्मु–कश्मीरको अवस्था अहिले सामान्य छ। यसै क्रममा आज भारतीय समयअनुसार मध्यान्ह १२ बजे दुवै देशका सैन्य अपरेशन महानिर्देशक (डीजीएमओ) बीच वार्ता हुने तय भएको छ।
भारतीय समाचार एजेन्सी एएनआईले आइतबार स्रोतलाई उद्धृत गर्दै भारतले युद्धविरामपछि पाकिस्तानसँग डीजिएमओ स्तरमा वार्ता हुने जनाइएको थियो। यस वार्तामा कुनै पनि तेस्रो देशको मध्यस्थता नहुने स्पष्ट गरिएको छ।
सीमामा अवस्था सामान्य बन्दै जाँदा बजारहरूमा चहलपहल बढेको छ। यद्यपि भारतीय वायु सेनाले ‘अपरेशन सिन्दूर’ अझै जारी रहेको बताएको छ र यस अपरेशनले लक्ष्य पूरा गरिसकेको दाबी पनि गरिएको छ।
भारतीय सेनाका अनुसार अपरेशन सिन्दूर ७ मेदेखि १० मेसम्म सञ्चालनमा रहेको थियो। त्यस अवधिमा पाकिस्तानी गोलाबारीका कारण ७ जना भारतीय सैनिक शहीद भएका थिए भने ६० जना घाइते भएका छन्। साथै, २७ जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ।
भारतले पाकिस्तानका ४० जना सैन्य अधिकारी मारिएको दाबी गरेको छ। युद्धविराम १० मेमा लागू भए पनि पाकिस्तानले तीन घण्टापछि नै ड्रोन आक्रमणमार्फत त्यसको उल्लङ्घन गरेको थियो, जसलाई भारतीय सेनाले नष्ट गरेको बताएको छ।
यसअघि अप्रिल २२ मा एक नेपालीसहित २७ जना हिन्दू धर्मावलम्बीको आतंकवादी आक्रमणमा ज्यान गएपछि भारतले ७ मेमा अपरेशन सिन्दूर सुरु गरेको थियो। यस अपरेशनमा पाकिस्तानका सात सहरमा रहेका आतंकवादी लुकाउँने ९ स्थान ध्वस्त पारिएको र १०० भन्दा बढी आतंकवादी मारिएको भारतले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.