Home » Blog » इरानका सर्वोच्च नेता खामेनेई मारिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानका सर्वोच्च नेता खामेनेई मारिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

Ankushdaily
0 comment 7 views
एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई मारिएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट लेख्दै ट्रम्पले इतिहासकै सबैभन्दा दुष्ट व्यक्ति खामेनेई मारिएको दाबी गरेका हुन् ।
उनले भनेका छन्, ‘इतिहासका सबैभन्दा क्रुर व्यक्तिमध्ये एकको मृत्यु भएको छ । यो केवल इरानका जनताका लागि मात्रै नभइ सबै महान अमेरिकी र विश्वभरका खामेनेई र उनका हत्यारा गिरोहबाट प्रताडीतहरुका लागि पनि न्याय हो । ’
उनले अमेरिकी खुफिया एजेन्सी र अत्याधुनिक निगरानी प्रणालीबाट खामेनेई बच्न नसकेको बताएका छन् । खामेनेई मारिएको खबर अधिकांश अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले प्रकाशित गरेका छन् । यद्यपि इरानले भने यसको खण्डन गर्दै खामेनेईले अझै युद्धका लागि निर्देशनहरु दिइरहेको दाबी गरेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.