Home » Blog » राष्ट्रपति ट्रम्पद्वारा ‘ट्रम्प गोल्ड कार्ड’ भिसा कार्यक्रम सार्वजनिक

राष्ट्रपति ट्रम्पद्वारा ‘ट्रम्प गोल्ड कार्ड’ भिसा कार्यक्रम सार्वजनिक

Ankushdaily
0 comment 9 views
एजेन्सी।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम औपचारिक रूपमा सुरु गरेका छन्। उनका अनुसार, यो योजना अमेरिकी आव्रजन प्रणालीमा ठूलो मोडको रूपमा प्रस्तुत हुँदैछ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ट्रम्पले गोल्ड कार्डले योग्य र मूल्यांकन प्रक्रियामा उत्तीर्ण विदेशी नागरिकलाई सीधा नागरिकतामा जाने मार्ग उपलब्ध गराउने दाबी गरे। उनले भने, “यो अत्यन्त रोमाञ्चक कार्यक्रम हो। अब हाम्रा उत्कृष्ट अमेरिकी कम्पनीहरूले आफ्नो मूल्यवान प्रतिभा सुरक्षित राख्न सक्नेछन्।”
यस योजनाअनुसार, आवेदनकर्ताले रेकर्ड छोटो समयमै अमेरिकामा बसोबासको अनुमति पाउनेछन्। तर, गोल्ड कार्डका लागि १० लाख अमेरिकी डलर शुल्क तिर्नुपर्छ, जुन रकम आवेदकले अमेरिकालाई प्रत्यक्ष योगदान पुर्‍याउन सक्ने क्षमताको प्रमाणका रूपमा लिइने बताइएको छ।
विदेशी कामदारलाई प्रायोजित गर्न चाहने कम्पनीहरूले २० लाख डलर तिर्नुपर्नेछ। यस्तै, ५० लाख डलर तिरेका व्यक्तिले ‘प्लाटिनम कार्ड’ पाउने व्यवस्था छ, जसले विशेष कर छुट र थप सुविधाहरू प्रदान गर्ने भनिएको छ।
कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यसलाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि भन्दै प्रशंसा गरे। “ट्रम्प गोल्ड कार्ड सुरु हुनु मेरो र राष्ट्र दुवैका लागि खुशीको विषय हो। यो उत्कृष्ट प्रतिभालाई अमेरिकामा आकर्षित गर्ने एउटा उपहार हो,” उनले भने।
गोल्ड कार्डका धारकहरूले हालका ग्रीन कार्ड प्राप्तकर्ताजस्तै विशेष अधिकार र सुविधाहरू पाउनेछन्। अमेरिकामा स्थायी रूपमा बस्न, काम गर्न वा अध्ययन गर्न चाहनेका लागि ग्रीन कार्ड अत्यावश्यक मानिन्छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.