Home » Blog » विकास र वास्तविकताको दोहोरो तस्वीर: गीता मन्दिरको छेउमा गाडिएको चापाकल

विकास र वास्तविकताको दोहोरो तस्वीर: गीता मन्दिरको छेउमा गाडिएको चापाकल

Ankushdaily
0 comments 128 views
वीरगञ्ज महानगरको मध्यभागमा रहेको गीता मन्दिरको छेउमा देखिएको पुरानो चापाकलले शहरको विकासको दाबी र ग्राउन्ड रियलिटीबीचको फरक उजागर गर्छ। धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने स्थान नजिकै स्वच्छ पानीका लागि चापाकल प्रयोग हुनु आफैंमा नगरको आधारभूत पूर्वाधार स्थितिको प्रतीक हो।
यो दृश्यले वीरगञ्जको समग्र विकासको वास्तविक अनुहार बोल्छ — जहाँ एकातिर मंदिरहरू झिलिमिली छन्, अर्कोतर्फ दैनिक प्रयोगका सुविधाहरू अझै परम्परागत छन्।

तस्बिर: धिरेन्द्र बहादुर श्रेष्ठ

सम्बन्धित पोस्टहरू