Home » Blog » दीपेन्द्र सिंह ऐरीको कमाल, नेपालले यूएईलाई १ रनले हरायो

दीपेन्द्र सिंह ऐरीको कमाल, नेपालले यूएईलाई १ रनले हरायो

Ankushdaily
0 comment 13 views
काठमाडौं।
नेपालले रोमाञ्चक जितसहित आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको सुरुआत गरेको छ।
आइतबार सम्पन्न सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले एक रनको जित निकालेको हो।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४० रन बनायो। योसँगै नेपाल विश्वकप छनोटमा एक कदम अघि बढेको छ। जितसँगै नेपालको चार अंक पुगेको छ। ओमानको पनि समान अंक छ।
यूएईका अलिसान सराफुले सर्वाधिक ५८ रन बनाए। ४० बल खेलेका उनले तीन चौका र पाँच छक्का प्रहार गरे।
उनी र जोनाथन फिगीले दोस्रो विकेटका लागि ८१ रनको विशाल साझेदारी गरेका थिए। फिगी १९ रनमा आउट भए। नेपाल एक समय हारनजिक पुगिसकेको थियो।
यूएईलाई जितका लागि अन्तिम ओभरमा १० रनको आवश्यक थियो। तर, नौ रन मात्रै बनाउन सक्यो।
यूएईका ध्रुव परासर ३२ र जाहिद अली ११ रनमा आउट हुँदा अन्यले ब्याटिङ गर्न सकेनन्।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २२ रन खर्चिए। सोमपाल कामी, गुलसनकुमार झा र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो।
नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए। ४७ बल खेलेका उनलदे चार चौका र एक छक्का प्रहार गरे। पहिलो विकेटका लागि उनले अर्का ओपनर कुशल भुर्तेलसँग ५६ रनको साझेदारी गरेका थिए।
कुशलले २८ रन बनाए। कप्तान रोहितकुमार पौडेल २०, गुलसनकुमार झा १४ र कुशल मल्ल १० रनमा आउट भए।
यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र ध्रुव परासरले समान एक विकेट लिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.