Home » Blog » वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल-३) को ट्रफी सार्वजनिक

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल-३) को ट्रफी सार्वजनिक

Ankushdaily
0 comment 18 views
वीरगञ्ज ।
‘टिम आदर्शनगर’को आयोजनामा वीरगञ्जमा हुन लागेको वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) को ट्रफी औपचारिक रूपमा सार्वजनिक गरिएको छ। आइतबार वीरगञ्जको माईस्थानस्थित गहवामाई मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद हरि पन्तले उक्त ट्रफीको अनावरण गरेका हुन्।
प्रतियोगिताका संयोजक सुमित कादमियाका अनुसार स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने मूल उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। यस लिगले वीरगञ्जको समग्र खेलकुद क्षेत्रमा थप उत्साह जगाउने विश्वास आयोजकले लिएको छ।
सद्दाम हुसेनद्वारा सञ्चालित उक्त ट्रफी सार्वजनिक कार्यक्रममा बीपीएलमा सहभागी हुने विभिन्न टोलीका कप्तानहरूको विशेष उपस्थिति रहेको थियो। 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.