Home » Blog » सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु

सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु

Ankushdaily
0 comment 17 views
काठमाडौँ ।
सवारी दुर्घटनामा परी पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ।
‎गएराति वीरेन्द्रनगर नगरपालिका-२, को कार्यालयनजिकै आचार्य सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।
मुलपानीबाट भुरेलीतर्फ जाँदै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२ ००३ प १७४४ नम्बरको मोटरसाइकलले लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटीलाई ठक्कर दिँदा ३४ वर्षीय आचार्यको मृत्यु भएको हो। उनी प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर हुन्।
‎‎दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.