Home » Blog » मर्यादित र जिम्मेवार पत्रकारिता गर्न पत्रकार महासंघ पर्साको अपिल

मर्यादित र जिम्मेवार पत्रकारिता गर्न पत्रकार महासंघ पर्साको अपिल

Ankushdaily
0 comment 21 views
वीरगञ्ज ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले जिल्लाबाट सञ्चालित केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आधारित मिडियाले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका सचिव विजयकुमार महतोद्वारा आज जारी प्रेस विज्ञप्तिमा विशेषगरी फेसबुक र युट्युबजस्ता माध्यमबाट सामाजिक सद्भाव, जबरजस्ती करणी र व्यक्तिको गोपनीयताजस्ता अति संवेदनशील विषयमा गैरजिम्मेवारपूर्ण ढंगले समाचार सम्प्रेषण भइरहेको उल्लेख छ। समाचार संकलन तथा प्रसारणका क्रममा न्यूनतम शिष्टता र सीमाको समेत ख्याल नगरी अभद्र शैली अपनाइँदा समग्र पत्रकारिता क्षेत्रकै विश्वसनीयतामाथि प्रश्न उठेको महासंघको ठहर छ।
पत्रकारिताको आधारभूत मान्यतालाई बेवास्ता गर्दै भइरहेका यस्ता गतिविधि तत्काल नरोके कडा कारबाही गर्ने चेतावनी महासंघले दिएको छ।
सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न अपिल गर्दै महासंघले यसको बेवास्ता गरिए त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने प्रष्ट पारेको छ। अटेरी गरी पुनः आचारसंहिता उल्लंघन गरेको पाइएमा महासंघ स्वयंले कारबाहीको प्रक्रिया अगाडि बढाउने स्पष्ट पारिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.