Home » Blog » धार्मिक भेलाका नाममा विदेशीको अवैध बसोबास बढ्न सक्ने भन्दै सतर्कता अपनाउन प्रशासनलाई आग्रह

धार्मिक भेलाका नाममा विदेशीको अवैध बसोबास बढ्न सक्ने भन्दै सतर्कता अपनाउन प्रशासनलाई आग्रह

Ankushdaily
0 comment 7 views
वीरगंज । बारामा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक भेला ‘इज्तिमा’मा विदेशी नागरिकको सम्भावित सहभागिताप्रति विश्व हिन्दू परिषद् नेपालले गम्भीर चासो व्यक्त गरेको छ । परिषद्ले बुधवार बारा र पर्साका जिल्ला प्रशासन कार्यालयमा छुट्टाछुट्टै ध्यानाकर्षणपत्र बुझाउँदै विशेषगरी तेस्रो मुलुकका नागरिकको आगमन र सहभागितामा कडा निगरानी गर्न माग गरेको हो ।
यही वैशाख ११ देखि १४ गतेसम्म जीतपुरसिमरा उपमहानगरपालिका–२४ हरपुरमा सञ्चालन हुने उक्त भेलामा पाकिस्तान, बङ्गलादेशलगायतका देशबाट सहभागीहरू आउने सूचना प्राप्त भएको परिषद्ले जनाएको छ । विगतका अनुभवलाई हेर्दा धार्मिक कार्यक्रमको बहानामा नेपाल प्रवेश गरेका विदेशी नागरिकहरू समयमै नफर्कने र अवैध रूपमै विभिन्न बहानामा नेपालमै बसोबास गर्ने जोखिम रहने हुनाले विशेष सतर्कता अपनाउन प्रशासनलाई आग्रह गरिएको छ ।
खुला सीमानाका कारण उत्पन्न हुन सक्ने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सम्भावित अवैध प्रवेश रोक्न परिषद्ले माग गरेको छ । साथै, कार्यक्रमको पूर्ण पारदर्शिता सुनिश्चित गर्दै आवश्यक सुरक्षा व्यवस्था मिलाउन र विदेशी नागरिकको गतिविधिमाथि सुरक्षा निकायमार्फत सूक्ष्म निगरानी राख्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.