Home » Blog » १३७ औं मजदुर दिवस: एनएमएसआरए वीरगञ्जद्वारा मोटरसाइकल र्‍यालीका साथै शैक्षिक सामग्री वितरण

१३७ औं मजदुर दिवस: एनएमएसआरए वीरगञ्जद्वारा मोटरसाइकल र्‍यालीका साथै शैक्षिक सामग्री वितरण

Ankushdaily
0 comment 15 views
वीरगञ्ज ।
१३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) वीरगञ्ज एकाइले विविध रचनात्मक तथा सामाजिक कार्यक्रम सम्पन्न गरेको छ। मजदुरहरूको हक, हित र अधिकारको स्मरण गर्दै संघले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतनामूलक कार्यक्रमका साथै बालबालिकालाई सहयोग प्रदान गरी यस वर्षको दिवस मनाएको हो।
दिवसको सन्दर्भमा बिहान वीरगञ्जमा जनचेतना जगाउने उद्देश्यले मोटरसाइकल र्‍यालीको आयोजना गरिएको थियो। नगर परिक्रमापश्चात् संघको टोली स्थानीय ‘आमाको माया छात्रावास’ मा पुगेर त्यहाँ आश्रित बालबालिकाहरूलाई आवश्यक शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको थियो। बालबालिकाहरूसँगै केक काटेर खुसी साटासाट गरिएको उक्त कार्यक्रमले उनीहरूको शैक्षिक विकासमा टेवा पुर्याउनुका साथै श्रम र मजदुर दिवसको महत्त्वबारे समाजमा सकारात्मक सन्देश प्रवाह गरेको संघले जनाएको छ।
एनएमएसआरए वीरगञ्ज एकाइका अध्यक्ष सौरव बर्णवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष गणेश साह, एकाइका वरिष्ठ उपाध्यक्ष बिकाश कुशवाहा, उपाध्यक्ष अजय पटेल, सचिव बब्लु चौधरी, सह–सचिव गौरव पटेल, कोषाध्यक्ष दिपेन यादव र सह–कोषाध्यक्ष सिद्धार्थ पाण्डेको सक्रिय सहभागिता रहेको थियो। यसैगरी, कार्यक्रममा सल्लाहकारहरू रिकेश साह, श्याम चौहान र सचिन शाह कानुका साथै कार्यसमिति सदस्यहरू सौरभ साह, अभिषेक गुप्ता, जाहिर आलम, राहुल गुप्ता लगायत अन्य साधारण सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.