Home » Blog » मधेसका मुख्यमन्त्रीले पुस ४ गते विश्वासको मत लिने

मधेसका मुख्यमन्त्रीले पुस ४ गते विश्वासको मत लिने

Ankushdaily
0 comment 7 views
वीरगञ्ज ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। यस विषयमा प्रदेशसभा उपसभामुखसँग आवश्यक समन्वय गरी तयारी मिलाउने सहमति भइसकेको छ।
प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले महाधिवेशनमा व्यस्त रहेकाले सोही अवस्थालाई मध्यनजर गर्दै मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने तयारी गरेका हुन्। जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार सात दलबीच भएको बैठकमा विश्वासको मत लिइसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ।
तर परिस्थितिअनुसार आवश्यक परेमा प्रदेश प्रमुखसँग समन्वय गरी प्रत्येक दलबाट एक–एक जनालाई मन्त्री बनाउने विकल्पमा समेत सहमति भएको उनले जानकारी दिए।
यस्तै, पुस २ गते सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न प्रदेशसभा बैठक आह्वान भएपछि जसपा नेपालले सभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ। जसपा संसदीय दलका नेता यादवले सभामुख आफ्नो दलले पाउने दाबी गर्दै सात दलबीच यस विषयमा पनि सहमति भइसकेको बताए।
छ दलको समर्थनमा मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादवको वर्तमान मन्त्रिमण्डलमा जनमत पार्टीका महेश यादव अर्थमन्त्री छन् भने नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादीका गणेश पटेल बिनाविभागीय मन्त्रीका रूपमा रहेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.