Home » Blog » एमालेलाई सडकमा अराजकता र विध्वंस नगर्न रक्षा बमको अपिल

एमालेलाई सडकमा अराजकता र विध्वंस नगर्न रक्षा बमको अपिल

Ankushdaily
0 comment 2 views
विरगंज ।
नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेकपा (एमाले)लाई सडकमा अराजकता र विध्वंस नगर्न अपिल गरेकी छन्। पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइका लागि भइरहेको आन्दोलनलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत देशले विगतमा (भदौ २३ र २४ गते) निकै विध्वंस देखिसकेको र अब त्यस्तो अवस्था दोहोरिन नहुने बताएकी हुन्।
उनले राजनीतिक मुद्दाभन्दा देश माथि हुने उल्लेख गर्दै यदि यो प्रक्रिया प्रतिशोध जस्तो लागेको भए कानुनी बाटो रोज्न र अदालतमा सत्य प्रमाणित गर्न एमालेका कार्यकर्ताहरूलाई सुझाव दिएकी छन्। सरकारसँग असहमति राख्न पाउनु लोकतान्त्रिक अधिकार भए पनि थप अराजकता र द्वन्द्वले देशको जग नै कमजोर बनाउने उनको तर्क छ। संयोजक बमले शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्दै बाटो हिँडिरहेका सर्वसाधारणमाथि आक्रमण गर्ने, सडक अवरोध गर्ने र सवारी साधन जलाउने जस्ता गतिविधिले पार्टीको नैतिक आधारलाई मात्र कमजोर बनाउने उल्लेख गरेकी छन्।
उनले समाजमा जिम्मेवार, उत्तरदायी र लोकतान्त्रिक चरित्र बोकेको एमालेको आवश्यकता रहेको भन्दै मुलुकमा भर्खरै स्थिरताको अनुभूति हुन थालेको अवस्थामा थप ध्वंसात्मक गतिविधि नगर्न आग्रह गरेकी छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.