Home » Blog » माग सम्बोधन भएको निर्वाचनमा भाग लिने राजपाको प्रतिबद्धता

माग सम्बोधन भएको निर्वाचनमा भाग लिने राजपाको प्रतिबद्धता

अंकुश दैनिक
0 comment 7 views

भद्रपुर, १ जेठ । मधेस केन्द्रित छ राजनीतिक दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल झापाको नेतृत्वले आफ्ना माग सम्बोधन भए यही जेठ ३१ को स्थानीय तहको चुनावमा सहभागिता जनाउने घोषणा गरेको छ ।

संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा आज भएको छलफलमा जिल्ला तहका नेताहरुले आफ्नो पार्टीले उठाउँदै आएको माग सम्बोधन भए स्थानीय चुनावमा जाने बताउनुभयो ।

उहाँहरुले चुनाव मुलुकका लागि अपरिहार्य छ भन्दै वर्तमान सरकारले मधेस केन्द्रित भावना सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

राजपा झापाका संयोजक सूर्यनारायण गणेशले दलबीच सहमतिको विकल्प नरहेको बताउँदै वर्तमानमा देखिएका समस्या राजनीतिक तवरबाटै समाधान हुनुपर्नेमा जोड दिनुभयो । रासस

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.