Home » Blog » बीरगंजका लागि विजय सरावगी उपयुक्तः करिमा बेगम

बीरगंजका लागि विजय सरावगी उपयुक्तः करिमा बेगम

अंकुश दैनिक
0 comment 6 views

बीरगंज, २ जेष्ठ ।  पूर्व कृषि राज्यमंत्री करिमा बेगमले आसन्न निर्वाचन बारे मंगलवार बिहान घण्टाघर स्थित भुलनको चिया पसलमा पत्रकारहरुसंग गफ गर्दै आफू पनि जनताको सेवा गर्न ईच्छुक भएको बताउनु भयो ।
वहांले आफ्नो पार्टीबाट सांसद लालबाबु राउत मेयर पदमा चुनाव लड्न ईच्छुक भएता पनि सांसद भएकै कारणले गर्दा मेयरमा लड्न उचित नभएको बताउनु भयो । अहिलेको परिस्थितिमा पार्टीले एउटा सांसद पद गुमाउने स्थिति नभएको बताउदै मेयर पदको लागि बिजय सरावगी योग्य उम्मेदवार भएको चर्चा गर्नु भयो । विजय सरावगी बिरगंजको लागि उपयुक्त उम्मेद्वार भएकोले पार्टीले उहालाईनै अघि सार्ने सम्भावना बढी भएको बताउनु भयो ।
एक अर्को प्रस·मा चर्चा गर्दै आसन्न निर्वाचनमा बिमल श्रीवास्तवले मेयर पदमा चुनाव लड्न नहुने बताउदै आन्दोलनमा लडेका भिडेका युवालाई उहाहरुको पार्टीले अगाडी सार्नु पर्ने धारणा राख्नु भयो । चार–चार पटक नगरको प्रमुख भई सकेका ब्यक्तिले पुनः सोही पदमा लड्न शोभा नदिने बताउनु भयो । आफु मंत्री भएको बखत गुण लगाएका ब्यक्तिहरु अहिले देखे पनि नदेखे जस्तो गर्दा दुःख लागेको भन्दै सज्जन चाचान जस्ता ब्यक्तिहरु आफू का“हा काम गराउन आउदा सितैमा काम गरी दिएको बताउनु भयो ।
पूर्व मंत्री बेगमले यदि पार्टीले मेयर पदको लागि सरावगीलाई उपयुक्त ठानी टिकट दिएर निर्वाचनमा लडाएमा पार्टी र नगरको हितमा रहने दावी गर्नु भयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.