Home » Blog » दोश्रो चरणको निर्वाचनको तयारीमा कांग्रेस, जेठ १२ सम्म उम्मेदवारको टुङ्गो लगाउने

दोश्रो चरणको निर्वाचनको तयारीमा कांग्रेस, जेठ १२ सम्म उम्मेदवारको टुङ्गो लगाउने

अंकुश दैनिक
0 comment 10 views

काठमाडौं । नेपाली कांग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने भएको छ । काँग्रेस शीर्ष नेताको आज केन्द्रीय कार्यालयमा बसेको बैठकले दोस्रो चरणको निर्वाचनका लागि पार्टीको रणनीति तय गर्दै पार्टीका उम्मेदवारलाई आवश्यक तयारी गर्न सो निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकले निर्वाचनमा सबैको सहभागिताका लागि आवश्यक वातावरण बनाउन पहल लिने निर्णय गरेको छ । कांग्रेसले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्तावलाई पारित गरी मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागिता गराउन अन्य दलसँग परामर्श गर्ने तयारी थालेको छ ।

बैठकमा निर्वाचनको मतगणनाबाट प्राप्त भइरहेको परिणामका बारेमा समीक्षा हुनुका साथै दोस्रो चरणको निर्वाचनमा अझ प्रभावकारी रुपमा तयारी थाल्नेबारेमा समेत छलफल भएको पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले जानकारी दिए ।

कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिँदै महामन्त्री कोइरालाले कांग्रेस र नेकपा माओवादी केन्द्र बीच यसअघि भएको समझदारीअनुसार नै सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने अपेक्षा गरे । कांग्रेसले हाल प्राप्त भइरहेको मतपरिणामलाई सोचेको जति राम्रो नभएको निष्कर्ष निकाल्दै आगामी निर्वाचनमा अझ राम्रो परिणाम ल्याउने गरी तयारी गर्न पार्टीका सबै संयन्त्र र भ्रातृ एव्म शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.