Home » Blog » एक सय ६१ स्थानको परिणाम सार्वजानिक, ५ हजार ९ सय ६० जनप्रतिनीधि निर्वाचित

एक सय ६१ स्थानको परिणाम सार्वजानिक, ५ हजार ९ सय ६० जनप्रतिनीधि निर्वाचित

अंकुश दैनिक
0 comment 8 views

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना जारी रहँदा हालसम्म ५ हजार ९ सय ६० प्रतिनिधि निर्वाचित भएको जनाएको छ। आयोगले १ सय ६१ स्थानीय तहको मतपरिणाम औपचारिक रुपमा जानकारी प्राप्त भएको उल्लेख गरेको छ।

‘शुक्रबार बिहान १० बजेसम्ममा १ सय ६१ स्थानीय तहको मतगणना कार्य समाप्त भई उम्मेदवारहरूको विवरण प्राप्त भएको छ,’ आयोगले भनेको छ। जसमा नगरप्रमुख वा अध्यक्ष १६१, उपाध्यक्ष÷उपप्रमुख १६१, वडाध्यक्ष १ हजार ३२२, वडा सदस्य २ हजार १९२, महिला सदस्य १ हजार ९५ र दलित महिला सदस्य १ हजार ३० निर्वाचित भएको आयोगको विज्ञप्तीमा उल्लेख छ।

अब काठमाडौँ महानगरसहित काठमाडौँका सात नगरको मतपरिणाम सार्वजनिक हुन बाँकी छ। यस्तै, ललितपुर महानगर एक नगरको मतपरिणाम आउन बाँकी छ। भक्तपुरका चार नगरपालिकाको मतपरिणाम आउन बाँकी छ। चितवनको भरतपुर महानगरपालिकासहित चारवटा नगरको परिणाम आउन बाँकी छ।

पोखरा लेखनाथ महानगरको मतगणना पनि भइरहेको छ। काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, सुर्खेत, कालिकोट, सल्यान, मुगु, हुम्लाका केही स्थानबाट नतिजा आउन बाँकी छ। ४२ मध्येमा नै दोलखाको मेलुङ र कालीकोटको नरहरिनाथ गाउँपालिकामा भने दोस्रो चरणको चुनाव हुनुपर्नेछ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.