Home » Blog » काठमाडौं महानगरपालिकामा बल्ल ४० हजार मतगणना

काठमाडौं महानगरपालिकामा बल्ल ४० हजार मतगणना

अंकुश दैनिक
0 comment 9 views

काठमाडौँ । गएराति अबेसम्मको मत परिणामानुसार काठमाडौं महानगरपालिकाको ४० हजार मत गणना सकिएको छ । काठमाडौंमा नेकपा एमाले नै अगाडि रहेको छ । महानगरपालिका प्रमुखमा एमालेका विद्यासुन्दरसुन्दर शाक्य १२ हजार नौ सय ८२ मत ल्याएर अगाडि छन् ।

त्यस्तै नेपाली काँग्रेसका राजुराज जोशीले आठ हजार नौ सय १२, विवेकशील पार्टीकी रञ्जु न्यौपानेले पाँच हजार एक सय ८९ र साझा पार्टीका किशोर थापाले तीन हजार ६२ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका सर्वोत्तमदास डङ्गोलले भने एक हजार चार सय तीन मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले ११ हजार पाँच सय १० र राप्रपाका राजाराम श्रेष्ठले छ हजार छ सय ५१ मत प्राप्त गरेकी छन् । अहिलेसम्म काठमाडौमा लगभग ४० हजार मतगणना भएको प्रमुख निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । मतगणना १, २, २७ र २८ वडाको सम्पन्न भएको र १३ स्थानको जारी रहेको बताइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.