Home » Blog » दलहरुका बीचमा १० बुँदे सहमति, भरतपुर महानगरको मतगणना सुचारु

दलहरुका बीचमा १० बुँदे सहमति, भरतपुर महानगरको मतगणना सुचारु

अंकुश दैनिक
0 comment 9 views

भरतपुर । भरतपुर महानगरपालिकाको मतगणनालाई लिएर दलहरुबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै शुक्रबार अबेरदेखि रोखिएको भरतपुरको मत गणना सुरु भएको छ । निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले शुक्रबार साँझदेखि मतगणना बहिस्कार गरेका थिए । प्रमुख निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले शुक्रबार साँझदेखि मत गणना बहिस्कार गरेका थिए । शनिबार बिहान भएको छलफलमा १० बुँदे सहमति भएको छ र मतगणना पनि सुरु भएको छ ।

१० बुँदे सहमति यसप्रकार छ:
१ प्रमुख निर्वाचन आयुक्तले एकजना सूचना अधिकृत तोकी निजले एकद्वार प्रणाली अन्तर्गत मात्र सूचना सम्प्रेषणको व्यबस्था गर्ने
२ मतगणनाको लागि सम्भाव्य समूह मात्र राख्ने
३ मतगणनास्थलमा राजनीतिक दलको प्रमुख वा प्रतिनिधि रहेको छुट्टै डेस्क राख्ने
४० प्रत्येक समूहबाट आउने मतगणनाको परिणाम दलका प्रतिनिधि रहेको डेस्कमा सुनाउने, देखाउने, त्यसपछि सार्वजनिक गर्ने र कम्प्यूटरमा चढाउने
५ मत गणनाको क्रममा देखापर्ने समस्यालाई दलका प्रमुख वा जिम्मेवार प्रतिनिधिहरु राखि समाधान गर्ने
६ अब मतगणना गर्दा एक वडा बढ्दो क्रममा र एक वडा घट्दो क्रममा अर्थात वडा नम्बर २९, वडा नम्बर ११, वडा नम्बर २८ तथा वडा नम्बर १२ अनुसार व्यवस्था गर्ने
७ मतगणना संख्या रेजो लगाउने कर्मचारी व्यवस्थित बनाउने
८ प्रत्येक वडाको मतगणना बाकस खोल्नुअघि यति मतपत्र रहेको र सर्टिङ गर्ने क्रममा यति मतपत्र रहेको भनि जानकारी गराउने
९  पूर्ण बदर मतको अलग तथ्याङ्क राखि सार्वजनिक गर्ने
१० गुनासा कानून बम्मोजिम सम्बोधन गर्न र समस्या पत्ता लगाई समाधान गर्न एक कार्यदल गठन गर्ने

अहिलेसम्म मतगणना भएका ९ वटै वडाका मत पुनः गणना हुनुपर्ने, अहिलेसम्मको मत संख्या विश्वसनीय नभएको भन्दै माओवादी र कांग्रेसका उम्मेदवारले विरोध गरेपछि भरतपुरमा शुक्रबार बेलुकादेखि मतगणना स्थगित भएको थियो ।
भरतपुरमा मेयरमा कांग्रेस र माओवादीले तालमेल गरेका छन् । दुई दलले प्राविधिक व्यवस्थापन राम्रो गर्नुपर्ने, निर्वाचन अधिकृतको राजीनामा, सबै पुनर्गणन गर्नुपर्ने माग गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.