Home » Blog » नक्कली मतपत्र भेटिएपछि स्थगित पोखराको मतगणना सुरु हुन सकेन

नक्कली मतपत्र भेटिएपछि स्थगित पोखराको मतगणना सुरु हुन सकेन

अंकुश दैनिक
0 comment 12 views

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ को मतगणनाका क्रममा मतपत्रमा प्रयोग भएको स्वस्तिक छापको आकार साविकको भन्दा फराकिलो देखिएपछि दिउँसोदेखि स्थगित मतगणना अझै सुरु हुन सकेको छैन ।

मतगणनाका क्रममा सूर्यमा छाप लगाइएका केही मतपत्रमा साविकको भन्दा फराकिलो आकारको स्वस्तिक छाप प्रयोग भएको पाइएपछि त्यसको छानबिनको माग गर्दै नेपाली काँग्रेससहितका दलका प्रतिनिधि बाहिरिएपछि मतगणना कार्य स्थगित गरिएको थियो ।

मतगणना स्थगित भएपछि निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखेपनि हालसम्म कुनै सहमति जुट्न नसकेको नेपाली काँग्रेस, कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।
मतपत्रमा प्रयोग भएको स्वस्तिक छाप सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई विश्वस्त पार्नु आवश्यक रहेको उनले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.