Home » Blog » वीरगन्ज र विराटनगरलाई महानगर वनाउने तयारीमा सरकार

वीरगन्ज र विराटनगरलाई महानगर वनाउने तयारीमा सरकार

अंकुश दैनिक
0 comment 11 views

काठमाडौँ । दोस्रो चरणको निर्वाचनअगाडि नै सरकारले तराईका दुई उपमहानगरलाई महानगरमा स्तरोन्नति गर्ने तयारी गरेको छ । विराटनगर र वीरगन्ज उपमहानगरमा थप नगर र गाउँपालिका मिलान गरी महानगर बनाउने तयारी भएको हो ।

स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार महानगरको मापदण्ड पुर्याउन उपमहानगरसँग जोडिएका गाउँपालिका र नगरपालिकालाई गाभिनेछ । त्यसरी गाभिएपछि घट्ने गाउँपालिका र नगरपालिकाबराबर अरू तह थप गर्ने मन्त्रालयको तयारी छ । तर, कतिवटा गाउँपालिका र नगरपालिका गाभिने भन्ने अझै टुंगो लागेको छैन ।

महानगरपालिकाका लागि तीन लाख जनसंख्या आवश्यक पर्छ । विराटनगर र वीरगन्जमा तीन लाख जनसंख्या पुग्दैन । वार्षिक आम्दानी ४० करोड रुपैयाँ हुनुपर्ने मापदण्ड पनि छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहको संख्या ७४४ मा नबढाउने गरी छलफल चलाएको छ । तर, शनिबार त्यसबारे मधेसकेन्द्रित दलहरूसँगको छलफल भने विनानिष्कर्ष टुंगिएको छ । नयाँ पत्रिकाबाट

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.