Home » Blog » वजेटको तयारीमा सरकार : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

वजेटको तयारीमा सरकार : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

अंकुश दैनिक
0 comment 6 views

काठमाडौं । मुख्य दलहरुका बीचमा जेठ १५ गते नै वजेट ल्याउने सहमति भएसंगै सरकारले आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम आज बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गर्नेसमेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

नीति तथा कार्यक्रममा राष्ट्रिय महत्वका सबै ठूला परियोजना समावेश गर्नुका साथै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न र अरू दैनिक कामका लागि बजेट छुट्याइने सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

आंशिक बजेटअन्तर्गतको नीति तथा कार्यक्रम जेठ १० गतेभित्र नै राष्ट्रपति भण्डारीले व्यवस्थापिका–संसद्मा पेस गर्नुहुने मन्त्री कार्कीको बताए। । कार्कीले नीति तथा कार्यक्रम संविधान कार्यान्वयनका साथै राष्ट्रिय परियोजना र राष्ट्रिय पुनः संरचनालाई तीव्रता दिनेतर्फ केन्द्रित रहेको जानकारी दिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.