Home » Blog » बजेट अधिवेशन आजबाट, नीति तथा कार्यक्रम जेठ ११ मा

बजेट अधिवेशन आजबाट, नीति तथा कार्यक्रम जेठ ११ मा

अंकुश दैनिक
0 comment 66 views

काठमाडौं । आज सोमबारदेखि व्यवस्थापिका–संसदको बजेट अधिवेशन सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आव्हानको लागि पठाएको पत्र वाचन गर्दै छलफल सुरु हुने भएको छ।

संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार सोमवार आज दिउँसो एक बजे बैठक सुरु हुनेछ। बजेट अधिवेशनका रुपमा लिइने बैठकमा सरकारको नीति तथा कार्यक्रम एवम् आर्थिक वर्ष २०७४/७५ को बजेट समेत पेस गरिनेछ। जेठ ११ गते राष्ट्रपति भण्डारीबाट आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम पेस गरिनेछ। जेठ १२ र १३ गते नीति तथा कार्यक्रम माथि छलफल हुनेछ।

कार्यक्रमअनुसार यही जेठ १५ गते संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको बजेट पेस गरिनेछ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.