Home » Blog » विराटनगर र वीरगन्जलाई महानगरमा स्तरोन्नति, मधेसमा थपिए २२ स्थानीय तह

विराटनगर र वीरगन्जलाई महानगरमा स्तरोन्नति, मधेसमा थपिए २२ स्थानीय तह

अंकुश दैनिक
0 comment 8 views

काठमाडौं । मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गरेको छ। स्थानीय तहको संख्या र सीमानामा हेरफेर गर्दै सरकारले तराईका २ उपमहानगरलाई महानगर र विभिन्न जिल्लामा गरी २३ वटा नयाँ गाउँपालिका थप गरेको हो। उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको कार्यदलले गरेको प्रस्ताव अनुसार रिपोर्टका आधारमा स्थानीय तहको संख्या थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको हो।

थप गरेका स्थानीय तहमा

सुनसरीमा २
सप्तरीमा १
रौतहटमा २
पर्सामा १
धनुषामा १
सर्लाहीमा ३
बारामा १
नवलपरासीमा ३
रुपन्देहीमा ३
कपिलवस्तुमा ३
कैलालीमा १
बाँकेमा १ गरी २२ वटा स्थानीय तह रहेका छन्।

बैठकले बिराटनगर र बीरगंज उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ भने साविकका २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ।
जसअनुसार

झापामा २
सिरहामा १
रौतहटमा ११
धनुषामा १
बारामा १
रुपन्देहीमा २
बाँकेमा २
कैलालीमा १
महोत्तरीमा ३ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय गरिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.