Home » Blog » ललितपुर महानगरपालिकाका कांग्रेस उमेदवार विजयी

ललितपुर महानगरपालिकाका कांग्रेस उमेदवार विजयी

अंकुश दैनिक
0 comment 9 views

काठमाडौं । रोमाञ्चकारी प्रतिस्पर्धाका बीचमा ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन मेयर पदमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ३ सय २६ मतको फरकले पछि पार्दै ललितपुर महानगरपालिकाको मेयर बन्न सफल भएका छन् । मंगलबार राति साढे १ बजे घोषणा गरिएको अन्तिम मतपरिणमको नतिजाअनुसार महर्जनले २४ हजार ६ सय ४२ मत पाए ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६६१ मत पाए । त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९२३६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्। एमालेसँगको गठबन्धनबाट उमपेयरको उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले १०५४७ मत प्राप्त गरे ।

मतगणनाको सुरुमा एमालेका व्यञ्जनकारले नै अग्रता लिइरहेका थिए। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका महर्जनले वडा नम्बर ११ को गणनाबाट व्यञ्जनकारलाई पछि पारेका हुन्। २९ वटा वडा रहेको ललितपुरमा २८ वटा वडाको मतपरिणाम आउँदा नेपाली कांग्रेसले ३४९ मतको अग्रता लिएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.