Home » Blog » राजपाद्वारा वीरगन्जमा मशाल जुलुश प्रदर्शन

राजपाद्वारा वीरगन्जमा मशाल जुलुश प्रदर्शन

अंकुश दैनिक
0 comment 15 views

बीरगंज ।

चार दिने तराई मधेश बन्द सफल बनाउन राष्ट्रिय जनता पार्टी नेपाल पर्साले सोमबार वीरगन्जमा मशाल जुलुश निकालेका छन् । स्थानिय तह दोस्रो निर्वाचनको विरोध गर्दै राजपाले आह्वान गरेको चार दिने बन्दलाई सफल बनाउन आग्रह गर्दै पार्टीका नेताहरुले वीरगन्जमा मशाल जुलुश निकालेका हुन ।
राजपा नेपालले आह्वान गरेको जेठ ३०, ३१, असार १ र २ गतेको बन्दलाई सफल बनाउन आह्वान गर्दै वीरगन्जको घण्टाघर चोकबाट निकालिएको मशाल जुलुश नगरको विभिन्न भाग परिक्रमा गरी माईस्थान चोकमा पुगी कोण सभामा परिणत भएको थियो । राजपा नेपाल पर्साका संयोजक पुरुषोत्तमलाल झाको अध्यक्षतामा सम्पन्न भएको कोणसभालाई सम्बोधन गर्दै पार्टीका नेताहरुले संविधान संशोधन गरी मधेसीको मुद्दालाई सम्बोधन नगरेसम्म कुनैपनि हालतमा निर्वाचन हुन नदिने उदघोष गरेका थिए ।
यसै वीच राजपा नेपाल पर्साका अध्यक्ष मण्डलका संयोजक पुरुषोत्तमलाल झाले आज एक प्रेस बिज्ञप्ती जारी मधेस आन्दोल सहितको कार्यक्रम घोषणा गर्नुभएको छ । आन्दोलनमा एम्बुलेन्स, सञ्चारका सवारी साधन, कुटनैतिक नियोगका सवारी साधन, मानव अधिकारवादीको सवारी साधन, वारुण नियन्त्रण यंत्र, औषधि एवं चिकित्सा सेवाका सवारीसाधन,दुधको गाडी बाहेक निजि सवारी साधन, कलकारखाना, बजार, पसल, प्रतिस्ठान, शैक्षिक संस्था लगायत पर्सा जिल्ला पुर्ण रुपमा ठप बिज्ञप्ती मार्फत जानकारी दिएका छन् ।  अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.