Home » Blog » पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी

पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी

अंकुश दैनिक
0 comment 5 views

काठमाडौँ, ६ भदौ । नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
मतगणनाको परिणामअनुसार आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभयो । पदाधिकारीहरुमा पनि आचार्य नेतृत्वकै प्रेस सेन्टर र नेपाल प्रेस युनियनको संयुक्त समूह विजयी भएको छ भने केही सदस्यहरुमा प्रेस चौतारी नेपालको समूह विजयी भएको छ ।
कूल एक हजार ५०८ मतदाता रहेको निर्वाचनमा एक हजार ४४९ मत खसेको थियो ।
निर्वाचित पदाधिकारीहरुमा खुला उपाध्यक्षतर्फ विपुल पोख्रेल, समावेशी उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, खुला सचिव रामप्रसाद दाहाल, महिला सचिव लक्ष्मी पुन, आदिवासी जनजाति सचिव उदय जिएम, मधेशी सचिव शीतलप्रसाद महतो, दलित सचिव रेमबहादुर विश्वकर्मा, एशोसिएट सचिव प्रकाश थापा र कोषाध्यक्ष राजेश मिश्र हुनुहुन्छ ।
यस्तै, लेखा समितिको संयोजकमा रोशन पुरी विजयी हुनुभएको छ । रासस

कुन उम्मेदवारले कति मत पाए ? 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.