Home » Blog » टोकियोले चुन्यो पहिलो महिला गभर्नर

टोकियोले चुन्यो पहिलो महिला गभर्नर

अंकुश दैनिक
0 comment 6 views
टोक्यो, साउन – भुतपूर्व रक्षामन्त्री युरिको कोइके टोकियोको गर्भरनरमा निर्वाचित भएकी छिन्। निर्वाचित भएसँगै कोइके टोकियो गर्भरनरमा निर्वाचित हुने पहिलो महिला बनेकी छिन्।
आइतबार सम्पन्न निर्वाचनमा कोइकेले २९ लाख भन्दा बढी मत आफ्नो पक्षमा पार्दै कोइके निर्वाचित भएकी हुन्। कोइके स्वतन्त्र उमेरद्वारको रुपमा चुनावी मैदानमा उत्रेकी थिइन्।
निर्वाचित भएसँगै कोइकेलाई जिम्मेवारी साथै चुनौति थपिएको छ। उनको प्रमुख चुनौति भनेको वर्तमान आर्थिक समस्यालाई सुल्झाउँदै टोकियोमा आयोजना हुने २०२० को ओल्मपिकको सम्पूर्ण पूर्वतयारी गर्नु हो।
“म टोकियो राजनीतिलाई अग्रगामी सोचले लानेछु”, ६४ वर्षिय कोइकेले समर्थकलाई भनिन्। कोइके प्रधानमन्त्री सिन्जो अबिको लिबिरल डेमोक्रेटिक पार्टीका सदस्य हुन्। तर पार्टीले आफ्नो  नाम अनुमोदन नगरेपछि कोइके स्वतन्त्र उमेरद्वारको रुपमा चुनावी प्रतिस्पर्धामा उत्रेकी हुन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.