Home » Blog » ट्रम्प–सी टेलिफोन वार्ता, अप्रिलमा ट्रम्पको चीन भ्रमण घोषणा

ट्रम्प–सी टेलिफोन वार्ता, अप्रिलमा ट्रम्पको चीन भ्रमण घोषणा

Ankushdaily
0 comment 8 views
एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता सम्पन्न भएको छ। वार्तापछि ट्रम्पले आगामी अप्रिलमा चीन भ्रमण गर्ने घोषणा गरेका छन् भने उनले सी जिनपिङलाई अर्को वर्ष अमेरिका भ्रमणका लागि निमन्त्रणा पनि दिएका छन्।
दुवै नेताबीचको झण्डै एक घण्टाको संवादमा व्यापार, युक्रेन–रुस युद्ध, फेन्टानिल तथा ताइवान जस्ता संवेदनशील विषयहरूमा केन्द्रित छलफल भएको ट्रम्प र चिनियाँ विदेश मन्त्रालयले जनाएका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमा “हाम्रो चीनसँगको सम्बन्ध निकै सुदृढ छ” भनेका छन्।
एक महिनाअघि दक्षिण कोरियाको बसानमा भएको भेटपछि दुवैले ट्यारिफमा अस्थायी युद्धविराम गरेका थिए। अमेरिकाले २० प्रतिशत ट्यारिफ घटाएर १० प्रतिशतमा पुर्‍याएको थियो, जसको लक्ष्य फेन्टानिल आपूर्ति घटाउनु रहेको बताइएको छ। हाल चिनियाँ वस्तुहरूमा करिब ५० प्रतिशत ट्यारिफ कायम छ। यसबीच अमेरिकाले थप १०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी फिर्ता लिएको छ भने चीनले दुर्लभ खनिज निर्यात नियन्त्रण योजना स्थगित गरेको छ।
चिनियाँ सरकारी माध्यमले दुवै देशबीचको सम्बन्ध समानता, सम्मान र पारस्परिक फाइदाका आधारमा सकारात्मक दिशातर्फ अघि बढिरहेको जनाएको छ।
ताइवान र युक्रेनबारे विचार–विमर्श
वार्तामा राष्ट्रपति सीले ताइवानको चीनमा पुनःएकीकरण युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाका लागि अत्यावश्यक भएको बताएका छन्। हालै जापानी प्रधानमन्त्री साने ताकाइचीले चीनले ताइवानमा आक्रमण गरे जापान सैन्य कदम चाल्न सक्छ भन्ने चेतावनी दिएपछि चीन–जापान सम्बन्ध झनै तनाजपूर्ण बनेको छ।
ट्रम्पले ताइवानबारे सार्वजनिक रूपमा केही नबोल्दा, जापानका लागि अमेरिकी राजदूत जर्ज ग्लासले भने अमेरिका टोकियोको साथमा नै रहने बताएका छन्।
विश्लेषकहरूले पछिल्ला ट्रम्प–सी संवादले अस्थायी मैत्रीपूर्ण वातावरण देखाए पनि चीनको दीर्घकालीन रणनीति स्थिर र योजनाबद्ध रूपमा अगाडि बढिरहेको टिप्पणी गरेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.