4
काठमाडौं, ५ साउन – पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफको सबै सम्पत्ति जफत गर्न आदेश दिएको छ । राजद्रोहको मुद्दामा अदालतमा उपस्थित नभएको भन्दै उनका सबै बैंक खाता र सम्पत्ति जफत गर्न अदालतले मंगलबार आदेश दिएको हो ।
मुशर्रफका वकील फैसल चौधरीले अदालतको यो आदेशविरुद्ध सर्वोच्च अदालतमा जाने बताएका छन् । मुशर्रफ सन् २०१६ मार्चदेखि युएईमा छन् । स्वास्थ्य उपचारका लागि त्यहाँ गएका उनी अझै स्वदेश फर्किएका छैनन् ।