Home » Blog » मतदाता परिचयपत्र आजदेखी देशैभर बितरण

मतदाता परिचयपत्र आजदेखी देशैभर बितरण

अंकुश दैनिक
0 comment 9 views

काठमाडौ । वैशाख ९ निर्वाचन आयोगले स्थानिय तह निर्वाचनको परिचय पत्र आजदेखी वितरणको गरेको छ । आइतबार हुन गइरहेको चुनावका लागि सबैै मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।

मतदान केन्द्रबाट मत बदर हुन नदिने र नबिग्रने हिसाबले बाकसमा खसाल्ने तरिका बारेमा जानकारी दिनुका साथै चुनावका बारेमा सिकाइने पनि निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताऐ । यसपटकको निर्वाचनमा मतदाताले सात ठाउमा स्वस्तिक छाप लगाउनुपर्ने व्यवस्था गरेको आयोगले जनाएको छ जस अनुसार पहिलोमा नगरपालिकाा गाउँपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुखका लागि र तेस्रोमा वडा अध्यक्ष हुनेछ ।

त्यस्तै चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । त्यस्तै छैटौं र सातौं लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनुपर्ने व्ववस्था गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.