Home » Blog » संसोधन बिना तराईमा कुनै पनि निर्वाचन हुदैन ः महतो

संसोधन बिना तराईमा कुनै पनि निर्वाचन हुदैन ः महतो

अंकुश दैनिक
0 comment 5 views

बीरगंज । राष्ट्रिय जनता पार्टि नेपालको नेता राजेन्द्र महतोले संविधान संसोधन बिना तराई मा कुनै पनि निर्वाचन हुन नदिने, यदि बलजफ्ती निर्वाचन गराउने राज्य ले प्रयास गरेमा यसको परिणाम निक्कै घातक हुने बताउनु भएको छ ।
धोबनी गा“उपालीका, हरिहरपुरमा मंगलवार विशाल विरोध सभा एवम् पार्टि प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महतोले मधेशमा यदि सरकार को यसतै रवैया रहिरहयो भने तराई मधेशमा रहेका महानगरपालीका, उप–महानगरपाली, नगरपालीका र गा“उपालीकाहरु मा संविधान संसोधन बिना कहिले पनी निर्वाचन हुन नदिने चेतावनी दिनु भयो । विशाल विरोध सभा एवम् पार्टि प्रवेश कार्यक्रम मा नेपाली कांग्रेस परित्याग गरी अम्बिका राउत कुर्मी ले ८० जना सहित पार्टि प्रवेश गरेका छन् । त्यसै गरी अन्य पार्टि बाट भेरिआरी वडा नं ४ का शिव शंकर चौरसीया को नेतृत्वमा २९६ जना लगायत विभिन्न पार्टि परित्याग गरी राष्टिूय जनता पार्टि नेपाल मा प्रवेश गरेका छन् । विशाल विरोध सभा एवम् पार्टि प्रवेश कार्यक्रम को अध्यक्षता पार्टि का नेता नागेन्द्र प्रसाद कुर्मी, प्रमुख अतिथीमा अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतो, महामन्त्रि जितेन्द्र सोनल, सांसद रमेश प्रसाद कुर्मी, विशिष्ठ अतिथी मा अनिल कुमार झा, सह–अध्यक्ष लक्षमण लाल कर्ण, उपाध्यक्ष सुरेन्द्र कुर्मी, महासचीव विमल श्रविास्तव, शिव पटेल, महासचीव राजेश मान सिंह, कदम रसुल, सह–महासचीव निजामुद्दिन समानी, राजेशराम यादव, केन्द्रि सदस्यहरु मा रहमतुल्लाह खान, परमानन्द चौधरी, मालती कुशुवाहा, उषा श्रीवास्तव, प्रतिमा जोशी,मुन्नि श्रीवास्तव, नेहाल खान, शशी कपुर मिया, लगायत को सहभागीता रहेको थियो । त्यसै गरी जिल्ला अध्यक्ष मण्डल का अध्यक्षहरु मा मुस्तकीम अन्सारी, प्रेमबाबु पटेल, कृष्ण पटेल रहनु भएका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.