261
बीरगंज ।
बीरगंज उद्योग वाणिज्य संघका महासचिव आशिष कुमार लाठले आफनो पद बाट चैत २८ गते बुधबार राजीनामा दिएर संघको ढोल भित्र लुकेको पोल खोलिदिएका छन ।
लेखा शाखा मार्फत घोटाला माथि घोटाला गर्ने अध्यक्ष अनिल कुमार अग्रवाल (पटवारी) ले उद्योग वाणिज्य संघको कोषलाई आफ्नो पेवा ठानी दुरुपयोग गर्दै आएको हल्ला चलेको र यस सम्बन्धी महासचिवले बिबरण मांग गर्दा पारदर्शी तवरमा उपलब्ध गराउनुको साटो अंकुश लगाउन खोज्दा अनिलको नियत माथि सबैले शंका गरेका छन ।
साना तिना कर्यक्रम गरेर चौगुना विल भरपाई बनाएर खाने बानी परेका अध्यक्ष अनिल अग्रवालले जिल्ला प्रशासन कार्यालय पर्सामा जेनेरेटर दिएर डब्बल बिल बनाएर खाएको संघका सदस्यहरुको आरोप छ।
सधैं सलामी र गुलामीमा रमाउने अनिलको पालामा संघ अधोगति तर्फ उन्मुख छ ।
