Home » Blog » उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

Ankushdaily
0 comments 10 views
काठमाडौँ ।
सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग र श्रम मन्त्रालयको जिम्मेवारी सुम्पेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्।
नवनियुक्त दुवै मन्त्री रास्वपाका बहालवाला सांसद हुन्। नवनियुक्त मन्त्रीद्वयले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

सम्बन्धित पोस्टहरू