131
बिरंगज ।
सत्ता गठबन्धनको कमजोर सुचना तन्त्रले आम सर्वसाधारणलाई मर्का पारेको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढेको सुचना नबाहिरिदैं बिरगंजका अधिकांश पेट्रोल पम्प राति ८ बजे पछि नै बन्द भएका थिए ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको सुचना सार्वजनिक गरे भन्दा अगाडि नै बिरगंजका अधिकांश पेट्रोल पम्महरु बन्द भएका हुन ।
भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो ।
मूल्य वृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७२ रुपैयाँ ५० पैसाबाट १७५ रुपैयाँ ५० पैसा पुगेको छ ।
यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७४ रुपैयाँ ५० पैसाबाट १७७ रुपैयाँ कायम भएको छ ।
यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७५ रुपैयाँबाट १७८ रुपैयाँ पुगेको छ ।
