Home » Blog » उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

Ankushdaily
0 comment 46 views
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन् । माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रचण्डको सचिवालयले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री पदबाट राजीनामा गर्न उपेन्द्र यादवलाई प्रधानमन्त्रीको सन्देश पठाएको हो ।
आज मधेस प्रदेश सरकारबाट फिर्ता हट्ने माओवादी निर्णयले यादव नैतिक प्रश्न उठेको छ । उपेन्द्रलाई सरकारबाट बाहिर निकाल्नकै लागि गठबन्धनले मधेस सरकारबाट बाहिरिने निर्णय लिएको हो ।
यसैबीच यता जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.