Home » Blog » बुद्ध जयन्तीमा प्रधानमन्त्री शाहको सन्देश: “साँचो क्रान्ति ‘क’ बाट होइन, ‘ज्ञ’ अर्थात् ज्ञानबाट सुरु हुन्छ”

बुद्ध जयन्तीमा प्रधानमन्त्री शाहको सन्देश: “साँचो क्रान्ति ‘क’ बाट होइन, ‘ज्ञ’ अर्थात् ज्ञानबाट सुरु हुन्छ”

Ankushdaily
0 comment 9 views

विरगंज ।

प्रधानमन्त्री बालेन्द्र शाहले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली तथा विश्व समुदायलाई शुभकामना व्यक्त गर्दै ज्ञान र शान्तिको मार्गमा अग्रसर हुन आह्वान गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले गौतम बुद्धले प्रतिपादन गर्नुभएका चार आर्य सत्य—दुःख, दुःखको कारण, दुःखको निवारण र दुःख निवारणको मार्गलाई स्मरण गर्नुभयो। उहाँले अज्ञानतारूपी अँध्यारोलाई ज्ञानको उज्यालोले मात्र विस्थापित गर्न सक्ने यथार्थ औंल्याउँदै सम्पूर्ण नागरिकको जीवनयात्रा समस्या समाधान र चेतनाको खोजीमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ।

बुद्धको जन्मभूमि नेपाल सदैव अहिंसा र विश्वशान्तिको पक्षमा अडिग रहेको तथ्यलाई उजागर गर्दै प्रधानमन्त्रीले समाज रूपान्तरणको सन्दर्भमा गहिरो दार्शनिक विचार प्रस्तुत गर्नुभएको छ। उहाँले साँचो क्रान्ति कुनै भौतिक आन्दोलन, बल वा हतियारबाट नभई केवल ‘ज्ञान’ बाट मात्र सुरु हुने स्पष्ट पार्नुभयो। “अप्प दीपो भव:” अर्थात् ‘आफ्नो प्रकाश आफैँ बन’ भन्ने बुद्धको शाश्वत उपदेशलाई आत्मसात गर्दै प्रधानमन्त्री शाहले देशवासीलाई प्रज्ञामय र शान्तिपूर्ण जीवनको कामना गर्नुभएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.