373
स्रोतका अनुसार पक्राउ परेका अग्रवाल यस घटनामा केवल ‘मोहरा’ मात्र हुन् । वीरगञ्जस्थित रुङ्गटा मार्केटमा सामान्य मोबाइल चार्जर र खुद्रा चिनियाँ सामानको पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका अग्रवाललाई सामान्य आर्थिक प्रलोभनमा पारी उनको नाममा फर्म दर्ता गरिएको पाइएको छ ।
वीरगञ्ज ।
नक्कली कागजात (किर्ते) खडा गरी ‘सिम्भिन इन्टरनेशनल’को नाममा १०० टन छोकडा आयात गर्न खोजेको आरोपमा वीरगञ्जबाट व्यापारी नविन अग्रवाल पक्राउ परे पनि यस प्रकरणका मुख्य योजनाकार अरू नै रहेको तथ्य बाहिर आएको छ ।
स्रोतका अनुसार पक्राउ परेका अग्रवाल यस घटनामा केवल ‘मोहरा’ मात्र हुन् । वीरगञ्जस्थित रुङ्गटा मार्केटमा सामान्य मोबाइल चार्जर र खुद्रा चिनियाँ सामानको पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका अग्रवाललाई सामान्य आर्थिक प्रलोभनमा पारी उनको नाममा फर्म दर्ता गरिएको पाइएको छ ।
यस प्रकरणको पर्दा पछाडि ३३ सुन तस्करी प्रकरणमा समेत जोडिएका
अन्डरवर्ल्डका कुख्यात खेलाडी विमल पोदार र दीपक मल्होत्राको मुख्य हात रहेको दाबी गरिएको छ । नाताले अग्रवालको सानिमाको छोरा पर्ने पोदारले अग्रवालको सोझोपन र पारिवारिक नाताको फाइदा उठाउँदै उनको नाममा ‘सिम्भिन इन्टरनेशनल’ दर्ता गराएको खुलेको छ । सोही फर्ममार्फत प्रतिबन्धित छोकडा आयात गर्ने र नक्कली कागजात तयार पारेर वीरगञ्ज भन्सारमा पेश गर्ने सम्पूर्ण खेल पोदार र मल्होत्राले नै रचेको स्रोतको भनाइ छ ।
सरकारी छाप र हस्ताक्षर किर्ते गरी भन्सारमा कागजात पेश भएको रहस्य बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अग्रवाललाई नियन्त्रणमा लिएको थियो । यसैबीच, सीआईबीले यस घटनाको थप सूक्ष्म र गहिरो अनुसन्धान गरेमा टी.के. जैन र कमल मालपानी जस्ता अन्य व्यापारीहरूको नाम पनि यस्ता काण्डमा तानिन सक्ने निकट स्रोतले दाबी गरेको छ ।
फोटो: AI को प्रयोगबाट