Home » Blog » भारतका चार राज्यमा विधानसभा चुनावको मतगणना आज हुँदै

भारतका चार राज्यमा विधानसभा चुनावको मतगणना आज हुँदै

Ankushdaily
0 comment 12 views

नयाँदिल्ली:

भारतीय निर्वाचन आयोगका अनुसार पश्चिम बङ्गाल, असम, केरला र तामिलनाडुमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना आज (सोमबार) हुँदैछ। यी राज्यहरूमा गत अप्रिल २३ र २९ गते दुई चरणमा चुनाव सम्पन्न भएको थियो। केही विवादित क्षेत्रमा तय गरिएको पुनः मतदानको कार्यक्रमबाहेक अन्य सबै स्थानको मतगणना आजै हुन लागेको हो।

यसैबीच, चुनावी विवादकै कारण पश्चिम बङ्गालका दुई सिट (मगरहाट पश्चिम र डायमन्ड हार्बर) का १५ वटा मतदान केन्द्रमा भने गत शनिबार (मे २ मा) नै पुनः मतदान सम्पन्न भइसकेको छ।

त्यस्तै, पश्चिम बङ्गालकै दक्षिण २४ परगना जिल्लाअन्तर्गत पर्ने फाल्टा विधानसभा क्षेत्रका सबै २८५ मतदान केन्द्रहरूमा भने आगामी मे २१ तारिखमा पुनः मतदान हुने निर्वाचन आयोगले जनाएको छ। गत अप्रिल २९ को मतदानका क्रममा तृणमूलका नेताहरूले मतदातालाई धम्काएको र कुटपिट गरेको आरोपसहित स्थानीयले विरोध प्रदर्शन गरेका थिए। निर्वाचन अधिकृत र पर्यवेक्षकहरूको प्रतिवेदन अध्ययन गर्दा मतदान केन्द्रमा अनधिकृत व्यक्तिको प्रवेश, मतदातामाथि दुर्व्यवहार र गम्भीर चुनावी अनियमितता भएको पुष्टि भएपछि आयोगले अघिल्लो मतदानलाई अमान्य घोषित गर्दै नयाँ मिति तय गरेको हो।

आयोगको निर्देशनअनुसार फाल्टामा मे २१ को बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म सहायकसहित सबै मतदान केन्द्रमा पुनः मतदान हुनेछ भने यस क्षेत्रको नतिजा मे २४ मा मात्र सार्वजनिक गरिनेछ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन तथा कुनै पनि प्रकारको गडबडी दोहोरिन नदिन पर्याप्त केन्द्रीय सुरक्षा बल परिचालन, भिडियोग्राफी, ‘वेबकास्टिङ’ र कडा निगरानीको व्यवस्था मिलाउन आयोगले कडा निर्देशन दिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.