Home » Blog » एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

Ankushdaily
0 comment 35 views
काठमाडौं।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार बसेको सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई समय दिएको थियो। तर प्रधानमन्त्री दाहालले राजीनामा नदिने बताएपछि एमालेले समर्थन फिर्ता लिएको हो।
एमालेले प्रधानमन्त्रीलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी दिने र मन्त्रीहरुले राजीनामा दिने बताएको छ। मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा दिएर राष्ट्रिय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका थिए।
तर प्रधानमन्त्री दाहालले पार्टीको बैठक राखेर राजीनामा नदिने बरु संसद फेस गर्ने निर्णय जानकारी गराएका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.