Home » Blog » प्रधानमन्त्रीलाई पद छोड्न प्रचण्डको सुझाव

प्रधानमन्त्रीलाई पद छोड्न प्रचण्डको सुझाव

Ankushdaily
0 comment 15 views

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा पद छोड्न सल्लाह दिनुभएको छ ।
सरकार बिरूद्द बिपक्षी ७ दल आक्रामक देखिएको बेला काठमाडौं आयोजित पत्रकार सम्मेलनमार्फत उनले प्रधानमन्त्री ओलीले सरकारमा बसिराख्ने नैतिक अधिकार गुमाइसकेको दावी गर्नुभयो ।
‘जुन उदेश्यले यो गठबन्धन बनाएको हो भनियो, त्यो कुनै काम गरेको छैन, बरू संबिधान संसोधन २०७९ मा गर्ने भनेर प्रधानमन्त्रीले भने पछि गठबन्धनको औचित्य पनि सकिएको छ,’ पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘तसर्थ यो सरकारले  नैतिक अधिकार गुमाएको छ, नैतिकताको आधारमा राजिनामा दिनु उचित हुन्छ भन्ने लाग्छ, यसको अर्थ हामी सरकारमा जान हतारिएको भन्ने होइन् ।’
काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ बिपक्षी दलले केपी ओली सरकारले भ्रष्टचारलाइ बढवा दिएको र अन्तराष्ट्रिय सबन्ध सन्तुलित राख्न नसकेको आरोपसमेत लगाएका छन् ।
यसरी आरोप लगाउने प्रतिपक्ष दलहरूमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी रहेका छन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.