Home » Blog » वडाध्यक्षमाथि कुटपिट प्रकरण : सात जनाविरुद्ध पक्राउ पुर्जी जारी

वडाध्यक्षमाथि कुटपिट प्रकरण : सात जनाविरुद्ध पक्राउ पुर्जी जारी

Ankushdaily
1 comment 1K views
वीरगंज ।
वीरगंज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिटको घटनामा पर्सा जिल्ला अदालतले सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। आइतबार अदालतले पक्राउ अनुमति दिएपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।
पक्राउ पुर्जी जारी हुनेहरूमा नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर राणा, प्रहरी जवान दिपेश क्षेत्री, वीरगंज–१० का वडाध्यक्ष सुशील साह कानु, भुषण यादव, भुसाल चौरसिया, विक्की गुप्ता र लखनलाल गुप्ता रहेका छन्।
२९ फागुनको राति होलीको अवसरमा वीरगंज–८ स्थित डाइमन्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि कुटपिट भएको थियो। वडाध्यक्षका अनुसार पार्टी प्यालेसमा आयोजित जन्मदिन तथा होली मित्रमिलन कार्यक्रममा सहभागी हुने क्रममा सात जनाको समूहले आफूलाई आक्रमण गरेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.