Home » Blog » पत्रकार अवधेशकुमार झा मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त

पत्रकार अवधेशकुमार झा मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त

Ankushdaily
0 comment 23 views
जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकार अवधेशकुमार झालाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका छन्। सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ निवासी झा पत्रकारिता र सञ्चार क्षेत्रमा करीब २५ वर्षदेखि क्रियाशील छन्।
राजनीतिक, सामाजिक र समसामयिक विषयमा लामो अनुभव बटुलेका झाको प्रदेशको सन्दर्भमा गहिरो बुझाइ छ। उनी मुख्यमन्त्रीको प्रेस सल्लाहकारको जिम्मेवारी सम्हाल्दै सञ्चार समन्वयलाई प्रभावकारी बनाउन सक्रिय रहने अपेक्षा गरिएको छ।
मुख्यमन्त्री सचिवालयले जारी गरेको सूचनामा झाको नियुक्तिले सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध थप सशक्त हुने विश्वास व्यक्त गरिएको छ। झा नीतिगत संवाद, सूचनाको प्रवाह र संचार व्यवस्थापनमा मुख्य भूमिकामा रहनेछन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.