Home » Blog » खानेपानी ट्यांकरको युग अन्त्य हुने मन्त्री यादवको दाबी

खानेपानी ट्यांकरको युग अन्त्य हुने मन्त्री यादवको दाबी

Ankushdaily
0 comment 17 views
काठमाडौं, २५ जेठ — खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा ट्यांकरको भरमा बस्नुपर्ने दिन चाँडै अन्त्य हुने दाबी गरेका छन्। आइतबार खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले मेलम्ची खानेपानी योजना अब वर्षभर सञ्चालनमा ल्याइने र यसले उपत्यकावासीको पिउने पानीको समस्या समाधान गर्ने बताए।
उनले भने, “अब पानीका लागि ट्यांकर कुरिरहनुपर्ने अवस्था सकिनेछ। असार महिनामा पनि मेलम्चीको पानी बन्द हुने छैन। सरकारले नियमित आपूर्ति सुनिश्चित गर्न पूर्वाधार निर्माणमा तीव्रता दिइरहेको छ।”
मन्त्री यादवले खानेपानीलाई सबै नागरिकको मौलिक अधिकारको रूपमा व्याख्या गर्दै यसको सुनिश्चितताका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए। काठमाडौँसँगै देशका अन्य शहरी क्षेत्रहरूमा पनि सुरक्षित र पर्याप्त पानी आपूर्ति गर्ने तयारी भइरहेको उनले जनाए।
उनका अनुसार, वर्षायाममा पनि मेलम्चीको पानी अवरुद्ध नगरी दैनिक आपूर्ति गर्ने लक्ष्यसहितको योजना अन्तिम चरणमा पुगेको छ।
त्यस्तै, मन्त्री यादवले हालै जारी भएको खानेपानी तथा सरसफाइ नियमावली, २०८१ र आयोगद्वारा सार्वजनिक खानेपानी महसुल निर्धारण निर्देशिका, २०८१ को सन्दर्भमा उपभोक्ता समितिहरूले सेवा प्रवाह र महसुल निर्धारणसम्बन्धी प्रस्तावहरू खुला र पारदर्शी ढंगले तयार गर्न सक्ने बताए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.