Home » Blog » अनलाइन जुवा खेलाउने भारतीयसहित दुई जना सुन्धराबाट पक्राउ

अनलाइन जुवा खेलाउने भारतीयसहित दुई जना सुन्धराबाट पक्राउ

Ankushdaily
0 comment 61 views
काठमाडौँ ।
सुन्धरास्थित एक होटलबाट अनलाइन जुवा (सट्टाबाजी) सञ्चालनमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार साँझ सुन्धरास्थित ‘द माउण्ट फुजी होटल’ को कोठा नम्बर १०१ मा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश देवरिया निवासी ५५ वर्षीय धर्मनाथप्रसाद र कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ निवासी हाल रूपन्देही बसोबास गर्ने २५ वर्षीय राम नन्द यादव रहेका छन्। उनीहरू विभिन्न बेटिङ वेबसाइटहरू प्रयोग गरी अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट ६ थान मोबाइल, विभिन्न व्यक्तिका नाममा रहेका ६ थान चेक, हिसाब–किताबको नोटबुक र नगद ३७ हजार रुपैयाँ बरामद गरेको जनाएको छ। अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरूको खातामा जम्मा रकम २८ लाख ४६ हजार ९८ रुपैयाँ ९७ पैसा रहेको पाइएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान जारी छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.